arrow

नेपाल र स्कटल्यान्डको खेलमा वर्षाले ढिलाइ, नेपालले टस हार्‍यो, करण र भीम नखेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
nepal-2024-odi-.jpg

काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । वर्षाका कारण खेलमा ढिलाइ भएको छ । 

नेपाल दोस्रो जितको खोजीमा छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रिदैँछ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् ।

दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्ड विरुद्धको खेल गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ ।

लिग-२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ