arrow

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
police-tear-gas-rsp-member-2081.jpg

पोखरा। पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो। थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ । र उनलाई आज म्याद थपका लागि अदालत पेस गरिएको छ।

लामिछाने पक्राउ परेपछि राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ