arrow

एमालेले छान्यो रौतहटका तीन पालिकामा हुने उपनिर्वाचनका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
CPN-UML-Flag.jpeg

रौतहट । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीन वटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ ।

नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ