arrow

रणवीर कपूर अभिनित रामायण दुई भागमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
ramayan-ranabir-kapoor.jpg

काठमाडौँ । बलिवुड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ । फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलिज हुनेछ ।

यस फिल्ममा रणवीर कपुरलाई भगवान् रामको भूमिकामा र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा रहेकी छिन् । त्यस्तै केजीएफ फेम अभिनेता यश फिल्ममा रावणको भूमिकामा देखिने छन् ।

फिल्मको पहिलो पोस्टर शेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्, ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज शुरु गरेको छु । जसले ५००० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ । म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति हाम्रो रामायण संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने ।’

यो फिल्म ५ सय करोडभन्दा बढीको बजेटमा बनाइने बताइएको छ । फिल्मलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेको बताइएको छ ।

फिल्ममा हान्स जिम्मर र एआर रहमान जस्ता अस्कर विजेता कलाकारहरूले संगीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेको जानकारी दिइएको छ ।

अस्कर विजेता कम्पनी डिनेग फिल्मको भिएफएक्समा काम गर्ने भएको छ । यो फिल्म हिन्दी, तमिल र तेलुगुलगायत धेरै भाषामा रिलिज हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ