arrow

शाहरुख खानलाई मार्ने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
shahrukh.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानलाई मार्ने धम्की आएको छ । सलमान खानपछि अब शाहरुख खानलाई पनि धम्की आएको हो । 

मोबाइलमा धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ । मुम्बई पुलिसले उजुरी पाउना साथ उक्त घटनाको अनुसन्धान थालेको छ ।

भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार अज्ञात धम्कीविरद्ध भारतीय दंड संहिता बीएनएसको धारा ३०८ (४), ३५१ (३), (४) अनुसार मामिला दर्ता भएको हो । 

जुन नम्बरबाट धम्की आएको छ उक्त नम्बर छत्तीसगढका फैजान नाम गरेका व्यक्तिको नाममा दर्ता भएको छ । नम्बर पछ्याउँदै मुम्बई पुलिस रायपुर पुगेको छ । 

यो घटना गत मंगलबारको हो । उक्त धम्कीसँगै शाहरुखको घर मन्नत बाहिर सुरक्षाकर्मी बढाइएको छ । यसअघि सन् २०२३ मा पनि शाहरुखलाई धम्की आएको थियो । त्यसपछि सुरक्षा बढाइएको थियो । 

फोन गर्नेले यदि ५० लाख रुपैयाँ नदिने हो भने मारिदिने धम्की दिएको छ । फोन गर्नेलाई नाम सोध्दा भनेको छ, ‘मेरो लागि यसले कुनै फरक पार्दैैन, मेरो नाम हिन्दूस्तानी हो ।’
 



नयाँ