काठमाडौँ । नेपाली काँग्रेसले विसं २००७ को जनक्रान्तिका नेता एवम् स्वतन्त्रता सेनानी चक्रबहादुर खाँणको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट पार्टी कार्यालयका सचिव प्रेम केसीले बिहिबार विज्ञप्ति प्रकाशन गरी स्व खाँणप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गरेको छ ।
स्याङ्जामा जन्मनु भई हाल चितवनमा बस्दै आएका स्वतन्त्रता सेनानी खाँणको ९२ वर्षको उमेरमा बिहिबार बिहान आफ्नै निवास निधन भएको हो ।
स्व खाँण २०१७ सालमा निर्वाचन क्षेत्र नं ९५ को क्षेत्रीय सभापतिसमेत भएर काँग्रेसमा कार्य गरेका थिए । उनका दुई श्रीमती, तीन छोरा र चार छोरी छन् । रासस