arrow

अमेरिकी निर्वाचनले यो साता सुन र चाँदीको मूल्यमा उतारचढाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
gold-silver-higest-price.jpg

काठमाडौँ । यो साता सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै सुनको मूल्यमा उतारचढाव देखिएको हो । 

योसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड, फेडरल रिजर्भले ब्याज दर घटाउँदाको प्रभाव पनि सुनको मूल्यमा परेको विश्लेषकहरुको भनाइ छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार तिहार पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन । 

साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ लाख ४४ हजार २ सय ५ रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार मूल्य प्रति १० ग्राम १ लाख ४४ हजार ४ सय ६० पुग्यो । 

यसपश्चात साताको पाँचौं दिन बिहीबार मुल्य घटेर प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ३० रुपैयाँ कायम भयो । 

साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने फेरि बढेर प्रति १० ग्राम १ लाख ४२ हजार ७ सय ४५ रुपैयाँ पुग्यो । 

यो मुल्य साताको तेस्रो अर्थात बजार खुलेको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ६० कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपैया ५० पैसा पुगेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ