arrow

रुसले गर्‍यो युक्रेनी अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार, २५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
russia-ukraine-attack-24-8-.jpg
तस्बिर – फाइल ।

किभ । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । 

मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् । 

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाए । 
 
युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किभमा आक्रमण गरिरहेको जनाएका छन् । 
  
किभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ ।

यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको  र आक्रमणबाट कम्तिमा दुई जना घाइते भएको बताएका छन् । 

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार किभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए भने धेरै जिल्लाहरूमा आगो लागेको थियो ।

रूसले सन् २०२४ फेब्रुअरीदेखि नै ड्रोन र मिसाइलले  युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ ।

पछिल्लो समयमा युक्रेनी अधिकारीहरूले रूसी हवाई आक्रमणहरू रोक्नका लागि आफ्ना सहयोगीहरूबाट हवाई रक्षा प्रणाली लगायतका सहयोगको अपेक्षा गरिरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ