arrow

आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् भन्दै रास्वपा कार्यकर्ता घण्टीघरमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
rsp-ghantighar-81-7-24-(10).jpg

काठमाडौँ । सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेबारे पार्टीले लामो समय बितिसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको भन्दै समर्थकहरु रुष्ट बनेका छन् । 

उनीहरुले पार्टीलाई ठोस निर्णय लिन दबाब दिँदै पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि कार्यकर्ताले ठोस लिन दबाब दिँदै वनस्थलीमा भेला भएका हुन् । 

उनीहरुले घण्टीघरमै पुगेर नेताहरुलाई दबाब दिएका हुन् । रास्वपा पार्टी कार्यालयमा प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसेका छन् ।

उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ,  डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस्, कि संकटमा पार्टी सम्हाल कि ठाउँ छाड, रविको नाममा सांसद र नेता भएकाहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, कि भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने ? भन्ने नारासहितको प्लेकार्ड बोकेको छन् ।
 

rsp-ghantighar-81-7-24 (1).jpg
rsp-ghantighar-81-7-24 (2).jpg
rsp-ghantighar-81-7-24 (3).jpg
rsp-ghantighar-81-7-24 (4).jpg
rsp-ghantighar-81-7-24 (5).jpg
rsp-ghantighar-81-7-24 (6).jpg
rsp-ghantighar-81-7-24 (7).jpg
rsp-ghantighar-81-7-24 (8).jpg
rsp-ghantighar-81-7-24 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ