arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
fly-dubai-bhairahawa-81-7-2.jpg

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । 

विमानस्थल शुरु भएदेखि नै उडान शुरु गरेको जजिरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरि शुरु गरेको छ । आज एक सय ७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ । 

त्यस्तै फ्लाई दुबईले दिउँसो भैरहवामा १० जना यात्रु ल्यायो भने काठमाडौँका लागि १४९ जना यात्रु ल्याएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले बताए । 

त्यस्तै नेपाल एयरलाइन्सले राति उडान शुरु गर्दैछ । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ । 

जजिरा एयरले सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । 

यस्तै फ्लाइ दुबईले दैनिक उडान गर्ने र दिउँसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए । 

नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । 

तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । 

उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको बताए । “दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ”, तिवारीले भने, “अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकता अनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ ।” 

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुशी भएको बताए । 

“हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुने वित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ”, उनले भने, “वर्षमा दुई पटक नेपाल आइन्छ, अब काठमाडौँ नै धाउनुपर्ने बाध्यता हुँदैन ।”

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज पुर्याउने बताए । राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनमा सबैलाई सहयोग गर्न आग्रह गरे । 

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनुपर्ने उनको भनाइ छ । व्यवस्थापन चुस्त राख्नुपर्ने, सार्वजनिक यातायातका साधन लगायतको विषयमा ध्यान दिन उनले सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ