arrow

आफ्नो पार्टी पारदर्शी नभएको भन्दै रास्वपा नेता कार्कीले मागे माफी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
ganesh-karki-rsp.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशीका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको विषयमा सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै कार्कीले एमालेले गरेको कारबाही सराहनीय रहेको र आफूहरुले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न भन्ने हेरिरहेको उल्लेख गरेका छन् ।

साथै कार्कीले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा आफुहरु चुकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानविनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ । र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौँ । मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ