तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको भाउ, एक लाख ६६ हजारमा कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
530
Shares
काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।