arrow

अष्ट्रेलिया पाकिस्तानसँग घरमै निरीह, गुमायो श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
pak-aus-odi-24-11-10-rauf.jpg

काठमाडौँ । अष्ट्रेलियाले पाकिस्तानसँगको एक दिवसीय क्रिकेट श्रृंखला गुमाएको छ । अष्ट्रेलियाले घरेलु मैदानमै श्रृंखला गुमाएको हो । 

तीन खेलको श्रृंखलामा २–१ ले पाकिस्तान विजय भएको हो । १–१ को बराबरी भएको अवस्थामा आइतबार पर्थमा भएको खेल पाकिस्तानले ८ विकेटले जित्यो । 

अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३१.५ ओभरमा अलआउट हुँदै १४० रनमात्र बनायो । सिन एबोटले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा शहीन शाह अफ्रिदी र नसीम शाहले ३–३ विकेट लिए । 

जवाफमा पाकिस्तानले २६.५ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । सइम अयुवले ४२, अब्दुल्लाह शफिकले ३७, कप्तान मोहम्मद रिज्वानले २७ बलमा अविजित ३० तथा बाबर आजमले ३० बलमा अविजित २८ रन बनाए । 

२४ रन खर्चेर २ विकेट लिएका हरिस रौफ प्लेयर अफ द म्याच भए । त्यस्तै तीन खेलमा १० विकेट लिएका रौफ प्लेयर अफ द सिरिज भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ