arrow

सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने

छ सय जना भन्दा बढी सहकारी ठग प्रहरी कस्टडीमा- मन्त्री यादव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
pradip-yadhav-07-25.jpg

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरूबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गरे । उनले देशमा सहकारी पीडित नागरिकहरू धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरे । उनले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताए । 

गल्ती गर्नेहरू ठुला राजनीतिक दलहरू नै भए पनि सरकारले नछोड्ने बताए । जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गरे । उनले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताए । वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने बताए । ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भए पनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताए । उनले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै विरोध गर्नेहरू सफल नहुने बताए । उनले सरकारले भनेको काम पूरा गरिरहेको र काठमाडौं उपत्यकावासीलाई दसैँअघि नै पानी खुवाउन सफल भएको दाबी गरे ।

उनले भने, ‘ अहिलेको सरकारले देशको लागि राम्रो सन्देश दिन खोजेको छ । राम्रो काम गर्न खोजेको छ । देशमा सहकारी पीडित नागरिक धेरै भएका छन् । सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ । त्यसको निमित्त अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ । त्यसमा तपाईँहरूको साथ र सहयोग चाहेका छौँ । गल्ती गरेको छ भने ठूलो राजनीतिक व्यक्ति पनि पर्छ । जुन कुनै पार्टीको भए पनि गल्ती गर्ने कानूनी दायरामा आउँछ । यसमा इफ बट छैन । यहाँ जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेका छन् । तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ । ६ सय भन्दा बढी सहकारी ठगहरूलाई अहिले प्रहरी कस्टडीमा पुर्‍याइसकेको छ । सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउँछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ