- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । रुस र युक्रेनले युद्ध शुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन् । आइतबार, रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरू छ वटा क्षेत्रमा रोकेको र तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेको बताएको छ ।
जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो । आइतवार युक्रेनी वायुसेनाले रुसले शनिबार राति १४५ ड्रोन आक्रमणहरू गरेको जानकारी दिँदै यी ड्रोनले देशको हरेक भागलाई निशाना बनाएको बताएको छ । युक्रेनी सेनाले अधिकांश ड्रोनलाई खसालेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि रुस–युक्रेन युद्ध रोकिने अपेक्षा विपरीत दुवै आक्रामक भएका हुन् ।
रुस र युक्रेनबीचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा शुरु भएका छन् जब ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको थियो ।
आइतबार मस्कोमा युक्रेनी आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो । मस्कोका गभर्नरले पनि आक्रमणलाई ठूलो भनेका छन् ।
अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन् ।
रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिण पश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चार दवटा घरमा आगलागी भएको बताएको छ ।