arrow

बुढानीलकण्ठमा हरिबोधनी एकादशी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
budanilakhantha-ekadasi.jpg

काठमाडौँ । हरिबोधिनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा भक्तजनको भीड लागेको छ । मंगलवार बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान् नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधिनी एकादशी मनाउने गरिन्छ । 

आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशङ्कुनारायण, शेषनारायण, इचङ्गुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ