arrow

दीपक मनाङे कारागार चलान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
deepak-manange-jail.jpg

काठमाडौँ । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । 

मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रिय कारागार पठाएको हो । 

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । 

सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ