- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।
चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् ।
कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ ।
यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्ध विच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भीडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।
कार चालक अहिले बेहोश रहेकाले प्रहरीको प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।