arrow

विश्वकप खेल्न फराकिलो अन्तरले जित्नैपर्ने दबाबसहित नेपाल यूएईविरुद्ध मैदानमा उत्रदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
u19-nep-uae-24.jpg

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम यूएईविरुद्ध खेल्दै छ । 

दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ । प्रतियोगितामा यूएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

आजको खेल विश्वकपमा छनोट हुने टिमको निर्णय लिनेछ । नेपाल यस खेलमा फराकिलो अन्तरले जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले यूएईलाई राम्रो रनरेटमा अरजित गरेर शीर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।

सामान्य जितले भने नेपाल विश्वकपमा छानिने छैन । 

नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा खेलाइएको हो । शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू १९ महिला टी २० विश्वकपमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ