arrow

नबिल बैङ्क दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
nabil-safa-awards-2024.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैङ्क तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलङ्कामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।

दक्षिण एसियाका निजी क्षेत्र बैङ्किङ तर्फ आर्थिक वर्ष सन् २०२२-२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैङ्कको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्याङ्कन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ। साउनमा नबिल बैङ्कले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैङ्कतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल  नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



नयाँ