arrow

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो जर्सी र गीत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
jersy-sudurpaschim.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी र गीत सार्वजनिक गरेको छ । नक्सालमा मंगलबार कार्यक्रम आयोजना गर्दै दीपेन्द्रसिंह मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी र टिम एन्थम सार्वजनिक गरेको हो । 

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह, मार्की दीपेन्द्रसिंह र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणका लागि सबै फ्रेन्चाइज टोलीसँगै सुदूरपश्चिमले पनि तयारी गरिरहेको छ ।
 
सुदूरपश्चिमले तीन विदेशी खेलाडी पनि अनुबन्धित गरिसकेको छ । मंगलबार सुदूरपश्चिमले जर्सी र टिम एन्थम पनि सार्वजनिक गर्‍यो । सुदूरपश्चिम रोयल्सको टिम एन्थममा अनिता चलाउने, चक्र बम, टङ्क तिमिल्सिनाको स्वर र एनएक्स मसको सङ्गीत संयोजन रहेको छ । सो कार्यक्रममा सुदूरपश्चिमको पहिचान बोकेको दशरथ सुनारद्वारा निर्देशित भिडियो पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा टोलीका मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीले उत्कृष्ट व्यवस्थापन गरिरहेको बताए । 

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले एनपीएल आयोजनाले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने आशा व्यक्त गरे । क्यानका सचिव पारस खड्काले एनपीएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टोलीका मालिक शाहले एनपीएलको शुरुवातसँगै नेपाली क्रिकेटको स्वर्णिम युग शुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने धारणा राखे ।

उनले खेलकुदका लागि सुदूरपश्चिम उर्वर भूमि रहेको उल्लेख गर्दै भविष्यमा आफ्नो टोलीले पनि क्रिकेटर तयार पार्ने आशा व्यक्त गरे । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका ब्राण्डन मक्मलेन, इङ्ल्याण्डका सेफ अलि जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफालाई भित्राइसकेको छ । राष्ट्रिय टोलीका आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ अक्सनमार्पmत सुदूरपश्चिम रोयल्समा छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ