arrow

क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि युक्रेनभर सावधानी अपनाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
russia-usa-attack-ukraine.jpg

काठमाडौँ ।  युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत  ‘रूसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन् ।  
 
युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभतर्फ गइरहेको जानकारी गराएको थियो । 

“सावधान! चेर्निहिभ क्षेत्रबाट मिसाइल किएभ क्षेत्रतर्फ गइरहेको छ,” यर्माकले टेलिग्राममार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।  

रूसको एक हप्ताको निरन्तर आक्रमणपछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उहाँका तीन बच्चाहरूको मृत्युभएको थियो । 

पछिल्लो समयमा मस्को र किएभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू  गरिरहेका छन् ।  

रूसी क्षेत्र कुस्र्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ