arrow

मैत्रिपूर्णमा नेपालको झारा टार्ने प्रदर्शन, ताजिकिस्तानसँग ४–० को हार, शनिबार अफगानिस्तानसँग चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
nepal-tajikistan-24-11-13.jpg

काठमाडौँ । नेपालले मैत्रिपूर्ण फुटबलमा झारा टार्ने प्रदर्शन गरेको छ । पुरुष टिमले गएराति ताजिकिस्तानसँग लज्जास्पद हार बेहोरेको हो । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा तीन गोल खाँदा दोस्रो हाफमा भने एक गोल खाएको थियो ।

अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

फिफा वरियताको  १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ ।  २ बराबरी खेलेको छ भने १ खेलमा हार बेहोरेको छ ।

२०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दैछ । अफगानिस्तानको फुटबल स्तर बढेसँगै उसले नेपालसँग नखेलेको हो । साफ च्याम्पियनशिप पनि खेल्दैन । 

यस्तो छ मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम– 

गोलकिपर– किरणकुमार लिम्बू (सी), दीप कार्की, विशाल सुनार । 

डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । 

मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।

फरवार्डः जिलेस्पेजंग कार्की, अन्जन विष्ट, निरजन धामी ।



नयाँ