मैत्रिपूर्णमा नेपालको झारा टार्ने प्रदर्शन, ताजिकिस्तानसँग ४–० को हार, शनिबार अफगानिस्तानसँग चुनौती
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
479
Shares
काठमाडौँ । नेपालले मैत्रिपूर्ण फुटबलमा झारा टार्ने प्रदर्शन गरेको छ । पुरुष टिमले गएराति ताजिकिस्तानसँग लज्जास्पद हार बेहोरेको हो । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा तीन गोल खाँदा दोस्रो हाफमा भने एक गोल खाएको थियो ।
अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियताको १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ । २ बराबरी खेलेको छ भने १ खेलमा हार बेहोरेको छ ।
२०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दैछ । अफगानिस्तानको फुटबल स्तर बढेसँगै उसले नेपालसँग नखेलेको हो । साफ च्याम्पियनशिप पनि खेल्दैन ।
यस्तो छ मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम–
गोलकिपर– किरणकुमार लिम्बू (सी), दीप कार्की, विशाल सुनार ।