सुन तोलाको एक सयले बढेर एक लाख ६० हजार एक सयमा कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
833
Shares
काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।