- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ । एनपीपीले २२५ सदस्यीय तल्लो सदनमा १५९ सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको छ ।
अघिल्लो निर्वाचनमा केवल ३ सिट जितेको एनपीपीले यस निर्वाचनमा १५९ सिट जितेको श्रीलंकन मिडिया डेली मिररले उल्लेख गरेको छ ।
२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ ।
त्यस्तै विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ४० सिट जितेको छ भने पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल ५ सिट जितेको बताइएको छ ।
राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले ३ सिट जितेको छ । सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरू बताएका छन् ।