arrow

जूनको प्रकाशमा मकै सुकाउने पर्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
junko-parba.jpg

गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा शुक्रबार साँझ जूनको प्रकाशमा मकै सुकाएर मकै सुकाउने पर्व मनाइएको छ ।

यो पर्व विशेषगरी गोरखाका नेवार समुदायलगायतले मनाउँदै आएका छन् । ठूलोआँगनमा जूनको उज्यालोमा मकै सुकाउन सबै भेला हुन्छन् । अनि खुशीका साथ यो पर्व मनाउने चलन छ । 

एकादशीदेखि पाँच दिनसम्म व्रत वसेर पूर्णिमाको दिन चन्द्रमा उदाएपछि अन्न देखाउने प्रचलन रहेको हो । कात्तिक शुल्क पूर्णिमाको रात अमृत वर्षा हुने जनविश्वासका साथ सकिमना पुन्हिः पर्व मनाउने गरिन्छ । 

शुक्रबार ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा ठूलो आँगनमा यो पर्व मनाइएको हो । यो पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ