arrow

युक्रेनमा शान्ति स्थापनाका लागि रूस नै बाधक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
g7.jpeg.jpeg

काठमाडौँ । युक्रेनमा युद्ध अन्त्यका लागि न्यायोचित समाधान हुन नदिनुमा रूसको मात्र जिम्मेवारी रहेको जी–७ ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ,” औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र संयुक्त राज्य अमेरिका सम्मिलित जी–७ ले ’‘प्रतिबन्ध, निर्यात नियन्त्रण र अन्य प्रभावकारी उपायमार्फत रूसमाथि गम्भीर मूल्य थोपर्ने आफ्नो प्रतिबद्धता’ पुष्टि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, क्षेत्रीय अखण्डता र यसको पुनःर्निर्माणका लागि युक्रेनको लडाईंमा हामी ऐक्यवद्धताका साथ उभिएका छौँ । 

रूसको आक्रमणले विश्वभरका कमजोर मानिसहरूमा पारेको प्रभावलाई पनि हामीले बुझेका छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ