arrow

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
telecom-highest-tax-payer-8.jpg

काठमाडौँ । नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ । 

गत शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमबीच टेलिकमलाई उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् ।

नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सो सम्मान ग्रहण गरिन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । 

सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ