arrow

प्रतिशोधको नारा घन्काउँदै रास्वपाले तोक्यो दोस्रो चरणको आन्दोलनको मिति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने जानकारी दिए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागी एक महिनादेखि प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भएकामा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाउँदै उनले दोस्रो चरणको आन्दोलन गर्नु परेको बताएका छन्।

एकपछि अर्को मुद्दामा अनुसन्धान गर्ने भन्दै लामिछानेको हिरासत अवधि लम्ब्याइनु दुःखद रहेको उनको भनाइ छ ।

यसअघि रास्वपाले लामिछाने सबै चिजमा ‘क्लिन’ भएको भन्दै बिना सर्त रिहा गर्न माग गरेको थियो । अब भने सत्ताधारी दलहरुले प्रतिशोध साँधेको भन्न थालेको छ । 



नयाँ