arrow

ढुङ्गानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनुभयो - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
deuba-08-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुङ्गानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनुभएको बताएका छन् । सोमबार सानो गौचरणमा स्व. ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका सभापति देउवाले यस्तो बताएका हुन् । 

उनले नेपाली कांग्रेसबाट सभामुख बन्नुभएको र निष्पक्ष रूपमा काम गरेको बताए । उनले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलाम गरे पनि अहिले आएर होइन भन्ने कुरा भान भएको बताए ।

उनले भने, ‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँको डेथ भयो । हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उनले निष्पक्ष रूपमा काम गरे । पार्टीलाई त वास्तवमा अफ्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्ने कुरा उनले स्थापित गराए । उन नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्ने कुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।’ 



नयाँ