arrow

संसदीय प्रणालीलाई सुदृढ बनाउन ढुङ्गानाले महत्त्वपूर्ण योगदान दिनुभयो- प्रम ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
kp-oli-08-03.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुङ्गानाको आदर्शबाट आफूहरू प्रेरित भइरहने बताएका छन् । सोमबार काठमाडौंका नयाँ गौचरनमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुङ्गानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रूपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुङ्गानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गरे । 

प्रधानमन्त्री ओलीले भने, 'संसद्लाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उनसँग एउटा उन्नत र व्यवस्थित सोच थियो । त्यही सोचाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान रहेको छ । उन अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उनका आर्दशहरुबाट प्रेरित रहनेछौ । उनले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन्छौँ । उनलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाइ गर्छौँ । '
त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उनले पुर्या‍एको योगदानको उच्च सम्मान गर्दै सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गरे । 
 



नयाँ