arrow

ढुङ्गानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा चिन्नेछन्- प्रचण्ड [भिडियो]

शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
prachanda-08-03.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. दमननाथ ढुङ्गानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताएका छन् । सोमबार पूर्व सभामुख ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो बताएका हुन् । 

उनले स्व. ढुङ्गानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी रहने बताए । दमननाथ ढुङ्गाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय रहेको बताए । 

उनले भने, ‘आदरणीय दमननाथ ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी राख्नेछन् । उनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु । उन र पद्यरत्न तुलाधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु । शान्ति सम्झौताको तयारीको क्रममा उनसँग विशेष सम्बन्ध भयो । नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा उनको योगदानलाई लिनेछन् ।’



नयाँ