arrow

रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
biden-2024-.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएका छन् । 
 
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए । 

क्रेमलिनबाट भने यो समाचारमा बारेमा तत्काल कुनै प्रतिक्रिया आएको छैन । 

रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ । 

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाएका छन् । 

आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन् ।
 
युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।

“प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रीफिंगमा बताएका छन् । 

आइतवार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।

जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्याउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समय पछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।

उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको छ ।

रूसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलि रहेको छ । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले “ऊर्जा र महत्वपूर्ण नागरिक पूर्वाधार“ लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति मार्फत जनाएका छन् ।

युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्यूजमा टिप्पणी गर्दै पावर ग्रिडमा भएको आक्रमण “भयानक“ भएको बताएकी छन् । 

मस्कोले किभका साथै देशको दक्षिणी, मध्य र सुदूर पश्चिमी कुनाहरूलाई लक्षित गर्दै १२० मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको बताएका छन् । 
 
मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।

युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताएका छन् ।

पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिकहरू रसियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ