arrow

बढ्यो सुनको भाउ, तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । यता आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ