arrow

साइबर कसूरमा दुर्गा प्रसाई पक्राउ, अदालत उपस्थित गराइँदै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
durga-prasai-arrest-81-8-4-.jpg

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा प्रसाईलाई पक्राउ गरिएको हो । साइबर अपराध सम्बन्धी कसूर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । 

प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ । 

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको प्रमाण भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रसाईले मंगलबार बिहान आफूले कम्बोडियामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफूलाई फेरि झूटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।

प्रहरीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ । साथै उनी कीर्ते र संगठित अपराधमा पनि तानिने सम्भावना उत्तिकै छ । 

durga-prasai-arrest-81-8-4 (6).jpg
durga-prasai-arrest-81-8-4 (1).jpg
durga-prasai-arrest-81-8-4 (2).jpg
durga-prasai-arrest-81-8-4 (3).jpg
durga-prasai-arrest-81-8-4 (4).jpg
durga-prasai-arrest-81-8-4 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ