arrow

सीमाङ्कन हेरफेरको औचित्यबारे क्रिया प्रतिक्रिया

logo
प्रकाशित २०७३ पुष ९ शनिबार

दाङ । नेकपा माओवादी केन्द्रका नेत्री एवं पूर्वमन्त्री रेखा शर्माले दलहरु मिल्नुको विकल्प नभएको बताएकी छन् । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुर दाङले आयोजना गरेको प्रदेश नम्बर–५ को सीमाना हेरफेरको औचित्य चुनौती र यसका समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा शर्माले सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहने हो भने समस्या झन् बल्झिने हुँदा सबै सहमतिको विन्दुमा आउनुपर्ने धारणा राखिन् ।

केही वक्ताले २०७४ माघ ८ गतेभित्र तीन वटा निर्वाचन गर्न सकिएन भने संवैधानिक सङ्कट निम्तिने हुँदा त्यसतर्फ दल गम्भीर बन्नुपर्ने बताए । नेपाली कांँग्रेसका नेता एवं सांसद डिल्ली चौधरीले ५– नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको विरोध गर्नुको कुनै तुक नभएको बताए ।

चौधरीले विरोधको लागि विरोध नगर्न एमालेका नेतालाई आग्रह गरे । सीमाङ्कनको हेरफेर हुँदा दाङ राजधानी हुने हुँदा यसको विरोध नगर्न उनले स्थानीयलाई आग्रह गरे ।  कार्यक्रममा एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले संशोधन प्रस्तावले मुलुकलाई विखण्डनतर्फ लैजाने हुँदा एमालेले प्रस्तावको विरोध गरेको बताए । यो प्रस्ताव संवैधानिक नभएको चौधरीको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ