arrow

साइबर अपराधमा दुर्गा प्रसाईलाई अदालत लगिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
durga-pasai-arrest-81-8-4t.jpg

काठमाडौँ । साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

मंगलबार उनको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध कीर्तेलगायत अन्य कसूरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रसाईंमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनी सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर नौ दिन हिरासतमा बसेर रिहा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ