-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानालाई श्रद्धाञ्जली दिन उनको निवास पुगेका छन् ।
बिहीबार बिहान राष्ट्रपति पौडेल स्व. ढुङ्गानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुगेका हुन्।
राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल पनि स्व.ढुङ्गानाका परिवारजनलाई समवेदना प्रकट गर्न उनको निवास पुगेका थिए ।
ढुङ्गाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी उनको समवेदना प्रकट गरे ।