- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ ।
सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शय्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
वर्षौँदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।