arrow

लगातार छैटौँ दिन बढ्यो सुनको भाउ, तोलाको एक लाख ६७ हजार दुई सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखि बढेको छ । आइतबार पनि सुनको भाउ १७ सय रुपैयाँले बढेको छ । लगातार ६ दिनमा सुनको भाउ ७२ सय रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो । यता आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदीको भाउ तोलाको १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५।२८ र चाँदी प्रतिऔंस ३१।३४ डलरमा कारोबार भइरहेको छ । 



नयाँ