- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गाजा । इजरायलले गाजामा एक हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । सन् २०२३ अगस्त ७ मा शुरु भएको हमास–इजरायलको युद्धमा एक हजार भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।
वाफा समाचार एजेन्सीले गाजा पट्टीमा इजरायलको अथक बमबारीमा १ हजार भन्दा बढी डाक्टर र नर्सको मृत्यु भएको जनाएको छ । सो एजेन्सीले स्थानीय चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि ३१० भन्दा बढी अन्य चिकित्सा कर्मचारीहरूलाई गिरफ्तार गरिएको छ ।
सो क्रममा इजरायलले उनीहरुलाई चरम यातना दिइएको थियो भने केहीलाई जेलमा राखिएको छ ।
‘इजरायली सेनाले जानाजानी अस्पतालहरूलाई लक्षित गरेको छ र गाजामा चिकित्सा आपूर्ति, स्वास्थ्य प्रतिनिधिमण्डल र सयौं सर्जनहरूलाई प्रवेश गर्न अहिले पनि रोकेको छ’ स्थानीय चिकित्सकलाई उद्यृत गर्दै वाफाले जनाएको छ ।