लगातार घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको नौ सयले वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
839
Shares
काठमाडौँ । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।