arrow

हिन्दूमाथि बंगलादेशमा अत्याचार, अर्का धार्मिक नेता पक्राउ, हिन्दू संस्थालाई प्रतिबन्ध लगाउन प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
bangladesh-flag.png

ढाका । बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ । चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ ।

 समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो । इस्कॉन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रबार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन् । तर बंगलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन । जसका कारण अन्योलको अवस्था छ ।

अर्कोतर्फ ढाका उच्च अदालतले इस्कॉनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बंगलादेशमा कट्टरपन्थी समूहहरूले ठूलो हंगामा मच्चाएका छन् । गत शुक्रबारको नमाजपछि लाखौं मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए।

राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले इस्कॉनलाई ‘हिन्दू चरमपन्थी संगठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूहु भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन् ।

यी र्‍यालीहरूमा कट्टरपन्थी संगठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक संगठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ