arrow

केन्द्रको निर्देशन विपरीत कोशीमा शेखर कोइराला पक्षीय पालिका सभापति भेला, १३७ मध्ये ११३ पालिकाले गरे दर्ता

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
congress-koshi-palika-81-8-.jpg

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले सभापतिहरूको भेला नरोक्ने भएको छ । शेखर पक्षका सभापतिहरूको भेला आजदेखि विराटनगरमा शुरू हुँदैछ । 

दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन भेला उद्‌घाटन गर्ने कार्यक्रम छ । यसअघि सोमबार कांग्रेसको केन्द्रीय कार्यालयले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्दै कुनै पनि कार्यक्रम नरहेको जनाएको थियो । 

२२ गतेदेखि कोशी सम्मलेन हुँदै गर्दा त्यसअघि कुनै पनि कार्यक्रम नरहेको र त्यस्तो कुनै भेला पनि नगर्न पार्टीले निर्देशन दिएको थियो ।

कार्यक्रममा सहभागी हुन सोमबार साँझै पालिका सभापतिहरु मोरङको बेलबारी आईपुग्नु भएको र अरु आज आउने क्रममा रहेको कार्यक्रमका सह संयोजक छत्र लिम्बूले बताए ।   

कोइराला पक्षका विराटनगर सभापति दीपकचापागाईंले भने भेला रोक्नुपर्ने कुनै कारण नभएको बताए । केन्द्रले पत्रमार्फत् भेला रोक्नु नभनेको उनले बताए । 

केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख गरिएकाले उनले बताए । भेलामा सहभागी हुन ११३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको उनले दाबी गरे ।

 ‘हामीले गर्ने भनेको भेला निर्धारित समयमा हुन्छ । १ सय १३ पालिकाका सभापतिहरू आइसक्नु भएको छ,’ उनले भने । कोशी प्रदेशमा १३७ पालिका रहेका छन् । बेलबारीमा भेला भएका पालिका सभापतिहरु र सहभागीहरुले मंगलबार बिहान बेलबारी बजार पदयात्रा गर्दै बेतना सिमसारको अवलोकन गरिएको मोरङ क्षेत्र नम्बर ३ का सचिव साथै कार्यक्रमका सचिवालय संयोजक राजेन्द्र बहादुर अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ