arrow

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ - बाबुराम भट्टराई [भिडियो]

देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
baburam-09-21.jpg

काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषय विज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् । उनले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

 उनले आर्किटेक्टले मानव जातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रूपमा नभई अभियानको रूपमा अङ्गाल्नुपर्ने बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए । 

अध्यक्ष भट्टराईले भने, ‘आर्किटेक्टले मानव जातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान् अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन डेन अर्थात् बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ । त्यस अर्थमा आर्किटेक्टहरू प्लानरहरुको अगामी दिनमा हाम्रो जस्तो विकासशील र विकासोन्मुख देशले र पर्यावरणीय हिसाबले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा अगामी दिनमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूलाई, प्रविधिहरूले ल्याएका चुनौतीहरूको समेत सामना गर्नुपर्ने कुरामा आर्किटेक्ट जस्तो पेशालाई समयानुकूल सदुपयोग गरेर आफ्नै देशमा त्यो जनशक्तिलाई परिचालन गर्दै जानुपर्दछ । नेपाल राज्य आफैँ नै पूर्वी र पश्चिमी सभ्यताको बीचमा रहेको छ । संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरू यहाँ छन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ