हुम्ला । विशेष अदालतले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित अरु सबै आरोपी नेपाली नागरिकलाई सफाइ दिएको छ ।
बिहीबार अबेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।
नेपाल वायुसेवा निगमको दुई वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन अध्यक्षसहित चार जनालाई दोषी ठहर गरेको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधिबाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैंयाका दरले जरिबाना सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएर वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।
पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही सहित २१ जनालाई सफाई दिएको छ ।