arrow

दुई ट्रक आपसमा जुध्दा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
accident.jpeg
मलेखु । सोमबार बिहान पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । 
 
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नंको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नंको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
लु १ ख ९५८७ नंको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ । मृतकको सनाखत भएको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ