काठमाडौँ । दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न सभामुख ओनसरी घर्तीले बैठक बोलाएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।
बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का शीर्ष नेताहरु सहभागि छन् ।