arrow

असन्तुष्टि भए पार्टीभित्रै राख्न डा शेखरलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
shekhar-koirala-07-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई केही असन्तुष्टि भए पार्टीभित्रै राख्न सुझाव दिइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सुझाव दिएका हुन् । 

उनीहरुले खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न पनि चेतावनी दिएका हुन् । एक नेताका अनुसार कोइराला पछिल्लो समय उल्टो धारमा बगिरहेका छन् । उनले पार्टीको आधिकारिक कार्यक्रम छाडेर अन्तै जाने र पार्टीले गुटगत कार्यक्रम गर्न लगाएको रोकलाईसमेत तोडेर मनोमानी गरेपछि नेताहरुले उनलाई सुझाव दिएका हुन् । 

यद्यपि सोमबारको बैठकमा डा कोइराला भने उपस्थित थिएनन् । उनले गत साता उनकै निर्वाचन जिल्ला मोरङमा भएको प्रदेश सम्मेलन छलेर अभद्र व्यवहार गरेको आरोप पनि खेपेका छन् । त्यसअघि भने विराटनगरमै उनले कोशी प्रदेशका नगरप्रमुखहरुको भेला गरेका थिए । सो भेला नगर्न पार्टीले दिएको निर्देशन उनले लत्याएका थिए । 

उनले केन्द्रसँग समन्वय नै नगरी एकैपटक प्रदेशभरका पालिका प्रमुखहरुको भेला डाकेपछि केन्द्र रुष्ट भएको हो । तर कोइराला उल्टै रुष्ट हुँदै कसैलाई नहुने र कारबाही भए आफू रहेको बतएका थिए । 

यद्यपि १४ औँ महाधिवेशनको सभापतिमा देउवासँग पराजित भएपछि दोस्रो वरीयता खोजेका शेखर आफैँ पछाडि धकेलिएको भए पनि आफूलाई नै न्याय दिलाउन सकेका छैनन् । उनले उक्त भेलामा १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएको घोषणा गर्ने योजना बनाएका थिए । तर त्यहीँ नै उनको पक्षको आवाज चर्को नभएपछि उक्त विषय थाँती छाडेका थिए । 

सोमबारको कार्यक्रम सकिएपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले शेखरको भनाइप्रति संकेत गर्दै पार्टी पङ्तिका बीचमा कुनै मनमुटाव वा असन्तुष्टि भए पार्टीकै निकायमा छलफल गर्नुपर्छ भनेका थिए । 

उनले यदि बाहिर सार्वजनिक कार्यक्रममा तथानाम गर्दै हिँड्दा कांग्रेसभित्र ठूलो मतभिन्नता रहेछ भन्ने सन्देश जानेसमेत बताएका छन् । 

पछिल्लो समय डा कोइराला भड्किँदै जाँदा उनको समूह साँघुरिएको शंकासमेत भइरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ